आयोजक समिति
Organizing Committee — Bhutanese Nepali Community of Chatham-Kent
BNCC को परिचय
दक्षिण-पश्चिम ओन्टारियोको च्याटम-केन्ट क्षेत्रमा बसोबास गर्ने भूटानीमूलका नेपालीभाषी समुदाय (Bhutanese Nepali Community of Chatham-Kent Ontario) एक जीवन्त, एकताबद्ध तथा निरन्तर प्रगतिशील सांस्कृतिक समुदाय हो। मुख्यतः नेपालीभाषी भूटानी परिवारहरूबाट बनेको यस समुदायले नेपालका शरणार्थी शिविरहरूबाट आफ्नो कठिन यात्रालाई पार गर्दै क्यानडामा नयाँ जीवनको सफल पुनर्निर्माण गरेको छ। समुदायका अध्यक्ष श्री चुडा बजगाईंको नेतृत्वमा BNCC ले आफ्नो समृद्ध सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै क्यानडाली समाजसँग सशक्त रूपमा समायोजन र सहकार्य गरिरहेको छ। नेपाली भाषा, संस्कार, परम्परा तथा मूल्य-मान्यतालाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले समुदायले विभिन्न सांस्कृतिक, धार्मिक र सामाजिक कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको छ। विशेषगरी यश समुदायले दक्षिण-पश्चिम ओन्टारियोमा हिन्दू मन्दिर स्थापना गर्ने परिकल्पना सहित आयोजना गर्न लागेको च्याटम महायज्ञ-२०२६ जस्तो आध्यात्मिक एवं सांस्कृतिक महोत्सवले समुदायलाई एकताबद्ध बनाउनुका साथै सम्पूर्ण च्याटम-केन्ट क्षेत्रमा नेपाली संस्कृति, अध्यात्म र मानवीय मूल्यहरूको सन्देश फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। BNCC आज च्याटम-केन्टको बहुसांस्कृतिक पहिचानलाई समृद्ध बनाउने एक महत्वपूर्ण समुदायका रूपमा स्थापित भएको छ। विविधताभित्र एकताको भावनालाई आत्मसात गर्दै यस समुदायले सांस्कृतिक गौरव, सामाजिक सद्भाव र सामुदायिक सेवाको उज्ज्वल उदाहरण प्रस्तुत गरिरहेको छ।